

धादिङ । नेकपा एमाले धादिङको को नवौं जिल्ला अधिवेशनको बन्दसत्रमा मुठभेट हुन थालेपछि समाचार संकलनमा पुगेका पत्रकारमाथी कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।
शनिबार दिउँसो बन्दसत्र सुरु भएलगतै मुठभेट र हुलदङ्गा हुन थालेपछि एमाले धादिङको पार्टी कार्यालयस्थित बन्दसत्र परिसरमा पुगेका नयाँ पत्रिका दैनिकका पत्रकार अर्जुन श्रेष्ठ, पाविल न्युज डटकमका पत्रकार चिनो सारु मगर (रिता)लगायतका पत्रकारमाथी युटुबेहरु नछिर भन्दै दुर्व्यवहार गरेका हुन्।
समाचार संकलन गर्न भित्र छिर्दैगर्दा एमाले कार्यकर्ताले मूख्य गेटबाट भित्र छिराएर अर्काे गेटबाट भने धकेल्दै बाहिर निकालेका हुन् ।
युटुव छाड्छेउ भाई मेरो नि मोवाइल छ, लाउ लैजाउ भन्दै पत्रकारितामाथि नै खिल्लि उडाउदै एक कार्यकर्ताले दुर्व्यवहार गरेको पत्रकार अर्जुन श्रेष्ठले बागमति कलमलाई जानकारी दिनुभयो ।
‘पत्रकारलाई निशेष गरिएको भनौं भने केही पत्रकारहरु फोटो भिडियो खिचिरहेका थिए । सामाजिक संजालमा प्रत्यक्ष प्रशारण समेत भइरहेको थियो । सर्वसाधारण लगायत अन्य दलमा आस्था राख्नेहरु पनि खुलमखुल्ला तस्विर तथा दृश्य खिचिरहेकै थिए तर समाचार संकलन गर्न आएका हामीलाई धकेल्दै दुर्व्यवहार गरेर बाहिर निकालियो’ उहाँले भन्नुभयो।
‘मुख्य गेटबाट परिचय दिएर भित्र प्रवेश ग¥यौं । बन्दसत्र हुँदै गरेको स्थलमा पुग्नेबेला धकेलेर बाहिर निकाल्यो । भित्र जान पाइदैन भनेको भए हामी जादैन थियौं । तर समाचार संकलन गर्नेक्रममा भित्र हामीलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेर बाहिर निकालेको पत्रकार चिनो सारु मगरले बताउनुभयो ।
हिजो शुक्रबार देखी शुरु भएको अधिवेशनको बन्द सत्र शनिबार दिउँसो मात्रै शुरु भएको थियो ।
सुरु भए लगतै कार्यकर्ताले नाराबाजी र मुठभेट गर्न थालेपछि केही समयको लागि स्थगित गरिएको स्रोतले बताएको छ।तस्वीर:अर्जुन श्रेष्ठ
भिडियो हेर्नुस्:





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |