

धादिङ । नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले पदाधिकारीको जिम्मेवारीहरु हेरफेर गरेको छ।
नेकपा एमाले पाटी केन्द्रिय कार्यालय च्यासलमा माघ ४ र ५ गते आयोजित दोस्रो पूर्ण बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) को अध्यक्षतामा सम्पन्न बैठकमा महासंघले सांगठानिक प्रतिवेदन, भावी कार्ययोजना, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदनलगायत बैठकको प्रस्तावहरु पेश गरेको थियो ।
सो पूर्ण बैठकले केन्द्रिय कमिटीका पदाधिकारीको जिम्मेवारी बाँडफाडअनुसार केन्द्रिय कमिटी सदस्य एवम् धादिङ जिल्लाको इन्चार्ज सगुन थापा मगरले थप सचिवालय सदस्यको जिम्मेवारी पाउनुभएको छ ।
महासंघले सोमबार सर्कुलर जारी गरी सो जानकारी गराएको हो।
मगरले गत पौष २७ गतेदेखि २९ गतेसम्म धादिङबेसीमा नेकोस प्रथम धादिङ जिल्ला भलिबल कप–२०८० को आयोजना गरेर जिल्लाका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न र उनीहरुलाई व्यवसायिक खेलमा लाग्न प्रेरित गर्न टेवा पु¥याउने कार्य गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |