

धादिङ।नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन आजबाट पुनः सुरु भएको छ।
गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः सुरु भएको हो।

विवादित विषयहरु समाधान भएपछि बन्दसत्र सुचारु गरिएको केन्द्रिय संगठन विभागका सचिव माधव ढुंगेलले बताउनुुभयो। बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा दुुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता गर्नहुँदै नेकपा एमाले स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुुभक्त्त ढकालले मिशन ०८४ सफल बनाउने हो भने पार्टीलाई छलफल र सहमतिबाट अगाडी लैजानुुपर्ने भन्दै जिल्ला तहका नेताहरु एकताबद्ध भई अगाडी बढ्नुपर्ने बताउनुुभयो।

केन्द्रिय संगठन विभागले बन्द सत्र सञ्चालन कार्यविधी बनाइ पार्टी स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुुभक्त्त ढकालको अध्यक्षतामा अध्यक्ष मण्डलको गठन गरेको एमाले धादिङले जनाएको छ।
अध्यक्ष मण्डलको सदस्यहरुमा पार्टी बागमति प्रदेश कमिटि अध्यक्ष कैलाश ढुुंगेल, केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटा, संगठन विभागका सचिव माधव ढुुंगेल, केन्द्रिय सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, रेशम लामा, बागमति प्रदेश कमिटिका उपाध्यक्ष दावा दोर्जे लामा र प्रदेश कमिटिका सचिव नवराज सिलवाल समेत रहनुुभएको छ।
बन्द सत्रमा नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रस्तुत गर्नुुभएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा आयोगका सदस्य गोकर्ण दुवाडीले प्रस्तुत गर्नुुभएको आर्थिक प्रतिवेदन सुुझाव सहित पास गरेको छ ।
५ सय ७८ जना प्रतिनिधि रहेको नेकपा एमाले धादिङको बन्द सत्रले आगामी कार्याकालका लागि १सय ५ सदसीय नयाँ नेतृत्व चयन गर्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |