

धादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
मंगलबार सदरमुकाम धादिङबेशीमा सम्पन्न दोश्रो नगर अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यस्तै पाँच सदस्यीय लेखा समिति संयोजकमा सीता खनाल निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदका लागि सर्वसम्मत निर्वाचित श्रेष्ठ र निवर्तमान उपाध्यक्ष दयाराम लम्साल र उपाध्यक्षमा हाल निर्वाचित सुनार र उद्धव प्रसाद रिजालको उम्मेदवारी परेको थियो ।
जिल्ला कमिटिको नेतृत्वले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सर्वसम्मत गराएको हो । सचिवमा पाठकको एकल उम्मेदवारी परेपनि उपसचिवमा महिलातर्फ दुई जना र खुल्ला तर्फ तीन जनाको उम्मेदवारी परेको थियो ।
आन्तरिक छलफलपछि उपसचिव महिलातर्फ सीता दुवाडी लम्साल र उपसचिव खुल्लातर्फ सुदिप अधिकारी सर्वसम्मत भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ विद्यार्थी जीवनमा अनेरास्ववियुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव, हुँदै एमालेको पार्टी राजनीतिमा सकृय युवा नेता हुनुहुन्छ ।
जिल्ला सदरमुकाम रहेको नगर कमिटिमा निर्वाचित श्रेष्ठले आगामी दिनमा सिंगो जिल्लालाई नै सहयोग पुग्नेगरी हरेक वडा र गाउँ टोलसम्म नमूना काम गरेर देखाउने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |