

धादिङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले आगामी बजेटमा कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिनुपर्ने बताउनुभएको छ।
शनिबार प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व सभामुख सापकोटाले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने बताउनुभएको हो ।
उहाँले अहिले संसदमा समस्या देखिएको भन्दै संसदलाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्ने बताउनुभयो ।संसदलाई सहमतिपूर्वक सुचारु गर्न राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथी प्रश्न चिन्ह खडा हुन्छ, त्यसैले सहमति सहकार्य र समन्वय गर्दै अघिबढ्नुपर्छ ।’
पूर्व सभामुख सापकोटाले सरकारले काम गर्दा जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रम आउन नसकेकोले आगामी दिनमा राष्ट्रको आवश्यकतालाई निरन्तरतामा क्रमभंग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेकोले देश र जनता अराजकता र उकुसमुकुसको अवस्थामा पुगेको भन्दै साझा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने बताउनुभयो ।
समाजवाद अर्थात सबैका लागि समृद्धि हुने निति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउने उहाँको भनाई थियो ।
नेकपा माओवादी केन्द्र धादिङको बैठकका लागि धादिङबेशी आइपुग्नु भएको अवसरमा प्रेस सेन्टर धादिङले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगायतका नेताहरुको सहभागिता थियो ।
हेर्नुहोस् पत्रकार भेटघाट कार्यक्रमको भिडियो………..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |