

धादिङ । नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ चयन हुनुभएको छ ।शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले तामाङको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटि चयन गरेको हो ।
अध्यक्षमा चयन हुनुभएकी तामाङ धादिङ जिल्लाकै इतिहासमा पालिकाको नेतृत्वमा आउने दोश्रो महिला हुन् । यसअघि पालिका कमिटि, जिल्ला कमिटि र २०७४ सालको स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समितिको सदस्य समेत रहेकी तामाङ खनियाबास गाउँपालिका–४ की निवासी हुनुहुन्छ।
कमिटिको उपाध्यक्षमा रविन कुमार तामाङ, सचिवमा राम प्रसाद तामाङ, उपसचिवमा रुसि तामाङ चयन हुनुभएको छ ।
नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ ।
यहि अभियान अन्तर्गत नेकपा एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् ।

जिल्लाका १३ पालिका मध्ये आठ वटा पालिकाको अधिवेशन सकिसकेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |