

धादिङ । नेकपा एमाले रुवीभ्याली गाउँपालिका कमिटिको अध्यक्षमा नरमान तामाङ चयन हुनुभएको छ।
आइतबार सेर्तुङमा सम्पन्न भएको दोस्रो अधिवेशनले तामाङको अध्यक्षतामा ३१ सदस्यीय रुवीभ्याली गाउँपालिका कमिटि निर्विरोध चयन गरेको हो।
कमिटिको उपाध्यक्षमा लापा कपुरगाउँका उपाध्यक्ष निर्मल तामाङ, सचिवमा सेर्तुङका मुल बहादुर तामाङ र उपसचिवमा तिप्लिङका राम घले चयन हुनुभएको छ।
नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ ।
यहि अभियान अन्तर्गत नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, मिनराज कँडेल, राम प्रसाद अधिकारी, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् ।
जिल्लाका १३ पालिका मध्ये नौ वटा पालिकाको अधिवेशन सकिसकेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |