

धादिङ। नेकपा एमाले गल्छी गाउँपालिका कमिटिको अध्यक्षमा राजकुमार रिमाल बिजयी हुनुभएको छ ।
अध्यक्षमा रिमालले १ सय ६४ मत ल्याएर विजयी हुनुभएको हो भने अध्यक्षका प्रतिस्पर्धी अर्जुनलाल श्रेष्ठले २९ मत र रमेश नेपालले २० मत प्राप्त गर्नु भयो ।
२ सय ३९ जना प्रतिनिधि रहेको अधिवेशनको निर्वाचनमा २ सय ९ जनाले मतदान गरेका थिए ।
यस्तै उपाध्यक्षमा रामशरण खतिवडा (अखिल) ले १ सय ५ मत ल्याएर निर्वाचित हुनुभयो । प्रतिस्पर्धी कल्याण आचार्यले ६० मत र स्वस्ती श्रेष्ठले २६ मत प्राप्त गर्नुभयो ।
सचिवमा विनेश तामाङले १ सय ६४ मत ल्याएर निर्वाचित हुनुभयो । प्रतिस्पर्धी मिनबहादुर भण्डारीले २५ मत ल्याउनुभयो ।
उपसचिवमा रामबहादुर विकले १ सय १० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी प्रेमप्रसाद अधिकारीले ८१ मत प्राप्त गर्नुभयो ।
उपसचिवमा महिलातर्फ बिन्दा थापा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
दोश्रो पालिका अधिवेशनको नेकपा एमाले उपमहासचिव विष्णु रिमालले उद्घाटन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |