

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुनिश्चित गर्न धादिङ र गोरखाका सांसदहरुले माग गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर सासदहरुले आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्रीलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरेका हुन्।
प्रतिनिधि सभा सांसदहरू रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राजेन्द्र बजगाई, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन्।
उहाँहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए।
प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |