

धादिङ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि.अर्यालले नीलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले युवाहरुलाई सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभएको छ ।
शुक्रबार नगरपालिकाले धादिङबेसीमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ लाई सम्बोधन गर्नुहँदै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री अर्यालले संघिय सरकारले आयोजना गरेको श्रमाधान मेलाले समाजलाई सकरात्मक सूचना प्रवाह गरेको भन्दै देशमा भईरहेको रोजगारीको अवस्था, रोजगारीदाता, कस्ता नागरिक के कस्ता रोजगारीको खोजीमा छन् भन्ने सूचना आदान प्रदान भएको बताउनुभयो ।
युवाहरुलाई यहि देशमा बस्न लायकको बनाउन धेरै भन्दा धेरै सिप विकासका तालिमहरु सञ्चालन गर्नुपर्ने भन्दै सम्पूर्ण राजनितिक दलहरु एक ठाउँमा उभिएर समृद्धिको र नागरिकलाई यहि देशमा बस्न लायकको बनाउन अघि बढ्नुपर्ने बताउनुभयो ।
आगामी आर्थिक वर्षको सुरुको महिनादेखि नै देशैभरि सिप मुलक तालिमको आयोजना गर्न लागिएको मन्त्री अर्यालको भनाई छ। उहाँले नीजि क्षेत्रलाई जति सवल बनाउन सक्यौ त्यतिनै देशमा रोजगारीको सिर्जना गर्न सकिने भन्दै तिनै तहको सरकारले निजि क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी संघिय सांसद रामनाथ अधिकारीले मेलामा युवाहरुमा भएको सिपलाई प्रर्वद्धन गर्न नगरपालिकाले आयोजना गरेको मेलाले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।
तीन तहको सरकार मध्ये स्थानिय सरकारले गरेको यो मेलाबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । अहिले सञ्चालनमा रहेको तिनै तहको सरकार रहर लाग्दो, भर लाग्दो र विश्वास लाग्दो गरि सञ्चालन हुनुपर्ने बताउनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले व्यवसाय गर्न ईच्छुक युवाहरुलाई नगरपालिकाले सिपमुलक तालिम प्रदान गरि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समन्वयको काम गरिरहेको बताउनुभयो ।
नगरपालिकाले ऐन बनाएर मेयर उद्यमशित कार्यक्रम सञ्चालन गरिरहेकोले सिप सिकेर उद्यमी बन्न चाहनेलाई १५ लाख लिन नगरपालिका आउन समेत आग्रह गर्नुभयो ।
युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत सञ्चालन भएको रोजगारमा मेलामा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग छलफल तथा वहषको कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
रोजगारीको खोजिमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उधमशीलता तथा स्वरोजगारका अवसरका वारेमा ज्ञान आर्जन गर्न, हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न मेलाको आयोजना गरिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी स्टलहरु रहेका थियो ।
हेर्नुहोस् भिडियो………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |