

धादिङ । धादिङको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको छ।
श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको छ ।
मन्त्री परिषद्मा एमालेबाछ कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल, स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापालाई दिइएको छ ।
यसैगरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जनलाई दिइएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले बताउनुभयो ।
यस्तै, कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको छ।
१३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुंग्याउन बाँकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय भागमा परेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |