

धादिङ । धुनीबेसी नगरका जनताका लोकप्रिय नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष रामराजा पाण्डेको निधन भएको छ ।
दुबै मृगौलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित उपचार गराईरहनु भएका ५७ वर्षीय पाण्डेको साउन ९ गते बुधबार विहान ६ वजे अस्पतालमै निधन भएको हो ।
पाण्डेको शव काठमाण्डौं स्थित पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वर्गिय रामराजाको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो।
आर्यघाटमा पाण्डेलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी,धादिङ अध्यक्ष भुमि त्रिपाठी, सचिव राधिका सापकोटा, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ता, शुभ चिन्तकहरुका साथै नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे समेत पुग्नु भएको थियो ।
आफ्नो उर्जाशील समय सामाजिक सेवाको क्षेत्रमा विताउनु भएका, २०७९ को स्थानीय तहको निर्वाचनमा धुनिबेशी नगरपालिकाको मेयर पदका उम्मेदवार पाण्डेको निधनको खबर सुनेपछि उहाँलाई नजिकबाट चिन्नेहरुले गहिरो शोक व्यक्त गर्दे सामाजिक सन्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
न्यू एक्टिभिटिज क्लव कानाकोटका संस्थापक,पूर्ब अध्यक्ष, सल्लाहकार समिति संयोजक पाण्डे नेकपा एमाले धुनीबेंसीको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
गत स्थानीय निर्वाचनमा पाण्डे नेकपा एमालेको तर्फबाट धुनिबेसी नगरपालिकाको प्रमुख पदमा पराजित हुनुभएको थियो।एमालेको नेता भएपनि पाण्डे यस क्षेत्रका हरेक राजनितिक दलका नेता कार्यकर्ता बिच प्रिय हुनुहुनथ्यो ।
स्वर्गिय पाण्डेका एक श्रीमती र ३ छोरीहरु छन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |