

धादिङ । नेकपा एमालेले नेताहरुको नयाँ कार्यविभाजन गरेको छ ।पार्टीको समग्र नेतृत्व जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
बिहिबार बसेको सचिवालय बैठकले ३५५ नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ भने ७७ वटै जिल्लादेखि निर्वाचन क्षेत्रका इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।
धादिङका डा. प्रा.पुष्प कडेलले केन्द्रीय लेखा आयोगको अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी यस्तै खेमप्रसाद लोहनीले पाउनुभएको छ भने धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी जानुका सिंखडालाई दिईएको छ ।
बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुको साथै अनुशासन आयोग र सल्लाहकार परिषदमा पनि मनोनयन गरेको छ ।
धादिङका देवप्रसाद त्रिपाठीलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा चयन गरेको छ।
हेर्नुहोस् सुची :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |