

धादिङ। नेकपा एमाले धादिङले जिल्लाका संगठित सदस्य सबैलाई प्रशिक्षण दिने तयारी गरेको छ ।
एमाले धादिङले पाँच दिनसम्म संचालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमपछि सबै सदस्यहरुलाई प्रशिक्षण दिने कार्ययोजना तयार गरेको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
२०८१ साल चैतसम्म सबै गाउँगाउँमा रहेका संगठित सदस्यहरुलाई प्रशिक्षित गर्दै पार्टी सुदृढीकरण अभियान चलाइने सापकोटाले बताउनुभयो ।
एमालेले आइतबार सम्पन्न गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पालिका कमिटिका अध्यक्ष, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सदस्यहरु समेत गरि २८ जना सहभागी थिए । ’अब उनीहरुले हरेक सदस्यलाई १८ घण्टाको प्रशिक्षण संचालन गर्नेछन्, सापकोटाले भन्नुभयो ।
मार्कसबादको सामान्य ज्ञान, नेकपा एमालेको महाधिवेशनको कार्यदिसा, जनताको बहुदलिय जनवाद, संगठनमा आवद्ध, एमाले र अन्य राजनितिक दल विश्लेषण, आदी विषयमा प्रशिक्षण दिइने छ ।
१ सय ४ वडामा १ सय ९० समूहमा प्रशिक्षण संचालन हुने योजना बनाइएको छ ।
५ दिनसम्म संचालन भएको प्रशिक्षक कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधनका क्रममा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले जनताको पक्षमा बोल्न र जनतालाई जागरुक बनाउन पार्टी सदस्यहरुलाई १८ घण्टाको प्रशिक्षण दिने कार्यक्रम महत्वपूर्ण भएकोले जिम्मेवारी पूर्वक काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जनताले एमाले नै सही पार्टी भएको बताउन सक्ने र चुनावमा एमाले रोज्न सक्ने बनाउन एमालेले प्रशिक्षणको संचालन गरेको बताउनुभयो ।
एमाले पालिका कमिटि अध्यक्ष, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु गरि २८ जनाले १० पार्टी सदस्यलाई प्रशिक्षण गर्ने समेतको कार्ययोजना समेत जिल्ला पार्टी स्कूल विभागले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्यहरु खेम लोहनी, पेमा लामा, कपिल पोखरेल, केन्द्रीय पार्टी स्कूल विभाग सचिव घनश्याम कोइराला, केन्द्रीय पार्टी स्कूल विभागका वाइपि आचार्य, सुन्दर लामीछाने, बागमति प्रदेश पार्टी स्कूल विभाग प्रमुख बालकृष्ण देउजाले सहजीकरण गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |