

धादिङ । नेकपा एमाले धादिङका नेताहरुले थोपल खोलामाथि पुल निर्माण गरिदिन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसमक्ष माग गरेका छन् ।
बिहिबार पूर्व सांसद खेमप्रसाद लोहनी, पूर्व सांसद भुमि त्रिपाठी, पुर्व प्रदेश सांसद रामकुमार अधिकारी, संविधान सभा सदस्य धन बहादुर घले लगायतका नेताहरुले भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर धादिङबेसी साङकोष तिप्लिङ सडक खण्ड अन्तरगत थोपल खोलामाथि तत्काल बेलिब्रिज निर्माण गरिदिन मन्त्री दाहालसँग माग गरेका हुन् ।
पक्की पुल नहुँदा वर्षातको समयमा वर्षाैदेखि स्थानियहरुले समस्या भोग्दै आएकोले तत्कालको लागि बेलिब्रीज र दिर्घकालिन रुपमा पक्की पुल निर्माणको लागि व्यवस्था गर्न मन्त्री दाहाललाई भेटेर माग गरिएको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
गत सोमबार साँझको वर्षाले कजवेको छेउको सडक बगाउदा आवागमन अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा सवारी साधन पुर्णरुपमा बन्द हुनका साथै बिद्यालय जाने हजारौ बिद्यार्थीहरु, कृषक र व्यापारिक बेन्द्र र बजार जाने हजारौ जनताको आवगमन बन्द हुने गरेको नेताहरुले मन्त्रीको ध्यानकर्षण गराएका छन् ।
नेताहरुले सल्यानटार,बुढाथुम, बसेरी, लापा, रुविभ्याली जाने सडकको त्रिपुरासुन्दरी गा.पा. वडा नं २ र ३ विचमा पर्ने काष्टे खोलामा पनी मोटरेवलपुलको व्यवस्था गर्न माग गरेका छन् ।
उक्त स्थानमा रहेको कजवे यसै वर्षको बाढीले बगाएर आवत जावत बन्द भएकोले तत्काल पुलको ब्यवस्था गरिदिन माग गरिएको छ ।
नेताहरुको भेट पछि मन्त्री दाहालले यो बर्ष बजेट बनिसकेको र डिपिआरको लागि बजेट पनि परेकोले अहिले तत्कालको लागि बेलिबृजको व्यवस्था गरिहाल्ने र पक्की पुलको लागि सकेसम्म यसै वर्ष काम सुरु गर्ने बताउनुभएको एमाले धादिङका सचिव सापकोटाले जानकारी दिनुभयो ।
यो वर्ष बजेट बाडफाँड भैसकेकोले पक्की पुलको काम यसै बर्ष सुरु गर्न नसके अर्को बर्ष फास्ट ट्र्याकमा काम हुनेगरी बजेट बिनियोजन गर्ने प्रतिवद्दता जनाउनुभएको छ ।
निलकण्ठ नगरपालिका वडा नं ३ र १२ को विचको कजवेमा पक्की पुल निर्माण नहुँदा जिल्लाको उत्तरी भेग तर्फ जाने सवारी साधन देखि साङकोषका स्थानीयले समेत निकै सास्ती खेप्दै आईरहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |