धादिङ । नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ ।
१११ औँ विपि जयन्तीको अबसरमा सोमबार काँग्रेस धादिङले १० बोरा चामल, २ कार्टुन खाने तेल लगायत खाद्य सामाग्री सँगै ४३ जना विद्यार्थीका लागि झोला उपलब्ध गराएको हो ।
काँग्रेस धादिङका सभापति तथा नेपाल सरकारका पशुपन्छी तथा कृषि विकास मन्त्री रामनाथ अधिकारीले वितरण गर्नुभएको हो।
सामाग्री वितरण कार्यक्रममा बागमति प्रदेश सांसद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०/५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
काँग्रेस नेता बिनोद तिमल्सीनाका अनुसार बिपि जयन्तीको अवसरमा ज्वालामूखी गाउँपालिकाले आवश्यक सामाग्री उपलब्ध गराउने र अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।
पार्टी कार्यालयमा नियमति रुपमा प्रवचन कार्यक्रम गर्ने नेपाली काँग्रेसले यस वर्ष भने बहिरा बालबालिकाका लागि सहयाृेग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |