धादिङ । नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ ।
नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले कार्यक्रमको उद्घाटन गर्दै पार्टीलाई राम्रोसंग अघि बढाउन आर्थिक गतिविधि र पारदशिर्षता राम्रो हुनु पर्नेभएकोले यस किसिमको प्रशिक्षण चाहिएको बताउनुभयो ।
जिल्ला लेखा कमिटि अध्यक्ष डिल्ली पाठकको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सदस्य मिनराज कँडेल, सदस्य बद्री भट्टराई लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।
तालिममा पार्टी जिवन, संगठन र आर्थिक क्रियाकलाप, पार्टीको हिसाब राख्ने खाताहरु, आर्थिक अनुसासन लगायतका विषयमा प्रशिक्षण संचालन गरिने आयोजकले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |