

धादिङ । केही दिन अघिको बर्षाको कारण विपद्का घटनामा परी घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिन माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका अध्यक्ष सूर्यमणी पाठकसहितको टोलिले प्रजिअ घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
मौषम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्व तयारीमा कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहार्नु परेको र राज्य चुकेकै कारण यो पीडादायी घटना घटेको रास्वपाको आरोप छ ।
घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथासिघ्र उपचार गर्न,मृतकको खोजी, संकलन तथा पीडीत परिवारलाई दाहसंस्कार गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, राजमार्गका पुलहरु भत्किएको हुदाँ अस्थायी बेली ब्रिज व्यवस्था, राजमार्ग र जिल्लाका अन्य सडक खण्ड सुधारका गर्न, चोरी डकैती हुनबाट बच्न, उपभोग्य बस्तुको अभाव, कालो बजारले प्रसय पाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।
विकास निर्माण शान्ति सुरक्षा, आपतकालिन उद्धार विपद व्यवस्थापन जस्ता हरेक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहकार्य गर्दै पार्टीका अध्यक्ष सूर्यमणी पाठकले बताउनुभयो ।
नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैं, तिहार, नेपाल संवत् तथा छट पर्वमा आवतजावत गर्नेहरुको संंख्यामा वृद्धि हुन्छ ।त्यसैले आइपर्न सक्ने विपद्को पूर्वतयारीका लागि तयारी रहन ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विपद्ले निम्त्याएको विपत्तिको समाधानका विकल्प खोजिएको बताउनुभयो ।
‘हामी ठ्याक्कै विपदपछि छौं । खोजी तथा उद्धार कार्य पनि भइ रहेको छ । चाडपर्व पनि नजिकि रहेकोले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गर्दै काम अघि बढेको छ । तपाईहरुले ध्यानाकर्षण गराउनु भयो आभारी छु’ उहाँले भन्नुभयो ।
हेर्नुहोस् भिडियो…………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |