धादिङ ।भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल चयन हुनुभएको छ।
शुक्रबार धादिङबेसीमा भएको प्रथम जिल्ला अधिवेशनले सिलवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पौडेल , उपसचिवमा अञ्जुर गुरुङ र चन्द्र सिलवाल र कोषाध्यक्षमा डम्बरबहादुर रोक्कालाई निर्वाचित गरेको छ।
यस्तै सदस्यहरुमा निलकण्ठका इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर परियार, ज्वालामुखीबाट अर्जुन खनाल, तुल नारायण श्रेष्ठ, बेनिघाट रोराङबाट पार्वती विसुराल, रामबहादुर परियार, थाक्रेबाट मनराज लामा, गोकुल सुनार, त्रिपुरासुन्दरीबाट एकराज कँडेल, रामकृष्ण बसौला, नेत्रावती डबजोङबाट ज्ञानु नेपाली, थुमसाङ तामाङ, गजुरीबाट चमेली राई, सीता चेपाङ, गल्छीबाट गोपाल बिक, इन्द्रबहादुर भुजेल, धुनिबेसीबाट मुकुन्द राई, खेमनाथ लुईटेल, गंगाजमुनाबाट आकाश तामाङ र कृष्णबहादुर नेपाली निर्वाचित हुनुभएको छ।
अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले उद्घाटन गर्दै भुमिहिन तथा सुकुम्बासी समस्या समाधानको पहल एमालेले गरेकोले टुंगोमा पुर्याउने बताउनुभयो।
एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले भुमि अधिकारका लागि एमाले नै ब्राण्ड भएकोले यसले मात्र जनताको लागि काम गरेको बताउनुभयो।
संस्थापक अध्यक्ष बाबुराम लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, संगठनका केन्द्रीय सचिव रामकुमार रायमाझी, केन्द्रीय सदस्य उद्धव रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |