धादिङ । नेकपा एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालले एमालेका कारण देशमा समावेशीको विषयले कानुनी रुप पाएको बताउनुभएको छ ।
सोमबार धादिङबेसी स्थित पार्टी कार्यालयमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजित प्रशिक्षण तथा महिला भेलालाई सम्बोधन गर्दै अर्यालले एमालेका कारण देशमा परिवर्तन आएको र समावेशीको विषयले कानुनी रुप पाएको बताउनुभएको हो ।
अहिले महिलालाई दिने पुरानो आर्शिवाद समेत बदलिएको भन्दै अर्यालले राम्रो बर पावस र राम्रो घर गरोस भन्ने आर्शिवाद बदलेर प्रधानमन्त्री बनोस, मन्त्री बनोस्, प्रधानन्यायधिस बनोस्, मूख्य सचिव बनोस् जस्ता आशिर्वाद महिला आन्दोलन र सचेतनाले बदलेको बताउनुभयो ।
परिवर्तनको स्म्वाहक बनेर सहभागिता, समावेशीता र शशक्तिकरणको विषय एमालेले मात्र उठाएको बताँउदै अर्यालले धर्म, चलन, संस्कृति र समाज महिलामैत्री नभएकोले यो मानिसले बनाएको धर्मचलन र संस्कृतिको नराम्रो पक्षलाई बदल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले महिला माथी हुने हिंसाको विरुद्ध एमाले एक भएर लाग्ने र सामाजिक रुपान्तरणका लागि कानुनी रुपमा एमालेले मात्र अहिले सम्म परिवर्तन गरेको बताउनुभयो ।
यस्तै एमाले धादिङकी सचिव राधिका सापकोटाले नेकपा एमालेमा पार्टी सदस्यमध्ये महिलाको संख्या २० प्रतिशत रहेको र कमिटिहरुमा ३० प्रतिशत सहभागिता रहेको बताउनुभयो ।उहाँले महिला शशक्तिकरणका लागि महिलाको सहभागिता र शशक्तिकरणमा जोड दिनु पर्ने बताउनुभयो ।
नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य कमला शर्माले महिलाको मुक्ति र महिलाहरुको अधिकार नेकपा एमालेले उठाएको मुद्दाले मात्र गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला भरका महिला अगुवा नेताहरु सहभागी थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |