

धादिङ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटी धादिङले १३ वटा पालिका इन्चार्जसहित संगठन बिभाग प्रमुख, साईबर सर्कल विभाग प्रमुख र महिला बिभाग प्रमुख चयन गरेको छ ।
शनिबार धादिङबेशी स्थित पार्टी कार्यलयमा सम्पन्न तेस्रो पुर्ण बैठकले पालिका इन्चार्ज, संगठन बिभाग पमुख, साईबर सर्कल बिभाग प्रमुख र महिला बिभाग प्रमुख तोकेको राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकले धुनिबेशी नगरपालिकाको इन्चार्जमा रोशन लामा, थाक्रे गाउँपालिकाको इन्चार्जमा मधु अर्याल, गल्छी गाउँपालिकाको इन्चार्जमा नमराज खतिवडा, गजुरी गाउँपालिकाको इन्चार्जमा बिस्वास अधिकारी, बेनिघाट रोराङ गाउँपालिकाको इन्चार्जमा पुरुषोत्तम खड्का, सिद्धलेक गाउँपालिकाको इन्चार्जमा सीता पुरी,नीलकण्ठ नगरपालिकाको इन्चार्जमा रोशन श्रेष्ठ,त्रिपुरासुन्दरी गाउँपालिकाको इन्चार्जमा शिशिर दनै,नेत्रावती डबजोङ गाउँपालिकाको इन्चार्जमा सन्त बहादुर तामाङ,ज्वालामुखी गाउँपालिकाको इन्चार्जमा सुरेश मगर,गंगाजमुना गाउँपालिकाको इन्चार्जमा सरोज बुढाथोकी,खनियाबास गाउँपालिकाको इन्चार्जमा रबिना तामाङ र रुवीभ्याली गाउँपालिकाको इन्चार्जमा टिसमान तामाङ चयन गरेको छ ।
यसैगरी बैठकले संगठन बिभाग प्रमुखमा गुनु लामा, साईबर सर्कल बिभाग प्रमुखमा राजेस्वर बस्नेत, प्रचार तथा प्रकाशन बिभाग प्रमुखमा आवश लम्साल र महिला बिभाग प्रमुखमा अनुस्का तामाङलाई चयन गरेको छ।
नेकपा एमाले धादिङको अध्यक्ष भुमी त्रिपाठीको प्रमुख आतिथ्यता,पार्टी जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) को विशेष आतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिलिप पौडेलको आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |