

धादिङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज खेम लोहनीले नेपालमा समाज परिवर्तन र विकासका लागि पार्टी बलियो हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार धादिङबेशी स्थित एमाले पार्टी कार्यालयमा भएको एमाले धादिङको विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा लोहनीले पार्टी राम्रो भयो भने देश राम्रो हुने बताउनुभएको हो ।
उहाँले समाज बदल्नका लागि नेकपा एमाले बलियो भयो भने मात्र सम्भव हुने बताउनुभएको छ ।देशमा अहिले नकारात्मक संचार बढी भएकोले यसलाई सकारात्मकतर्फ अघि बढाउन र देशमा गरे धेरै गर्न सकिन्छ भन्ने उदाहरण गाउँमै काफी भएकोले सूचना र शिक्षा नागरिकलाई दिनका लागि लोहनीले आग्रह गर्नुभयो ।
एमाले बलियो भएकोले चौतर्फी आक्रमण भएको र देशी विदेशी प्रतिक्रियावादीहरुको इशारामा एमालेमाथी आक्रमण भएको लोहनीको भनाइ थियो।
यस्तै कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले काग कराएर, कुकुर भुकेर हात्ती लम्किन नछाड्ने बताउँदै एमाले हात्ति लम्के जसरी अघि बढेर गन्तब्यमा पुग्ने बताउनुभयो ।
एमालेलाई कमजोर बनाउन सकियो भने समृद्धि पुरा नहुने भएकोले विदेशी ठहर बमोजिम केपि ओली र एमालेमाथीको आक्रमण भएको बताउनुुभयो ।त्रिपाठीले एमाले कार्यकर्ता विचल्लीत नहुन आग्रह गर्दै मुलुक कमजोर पार्नका लागि एमालेमाथीको आक्रमण बढेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रामप्रसाद अधिकारीले पार्टी कार्यकर्ताहरुलाई पार्टी निरन्तरताका लागि आग्रह गर्नुभयो ।
यसैगरी नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले जनसंगठन र विभागहरुले पार्टी र विकासका लागि काम गर्नुपर्ने बताउनुुभयो ।
कार्यक्रममा यसअघि चयन भएका बिभिन्न जनसंगठन, विभाग र सल्लाहकार परिषद्का प्रमुख एवम सदस्यहरुले सपथ ग्रहण गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |