धादिङ । नेकपा (एकीकृत समाजवादी) को पूर्व केन्द्रिय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य कृष्ण अर्यालसहित पाँच जना नेता एमालेमा फर्किनुभएको छ।
सदरमुकाम धादिङबेशीस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित एक समारोहमा धादिङका पुराना कम्युनिस्ट नेता समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य तथा किसान महासंघ स्थाइ कमिटि सदस्य अर्यालसहित, समाजवादी सिद्धलेक गाउँपालिका कमिटि अध्यक्ष एवम जिल्ला सचिवालय सदस्य इश्वरी अर्याल, जिल्ला कमिटि सदस्य तुलकुमार श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा गजुरीका नेता हस्तबहादुर तामाङ एमालेमा समाहित हुनुभएको हो ।
पाँचै जना नेतालाई एमाले जिल्ला कमिटीले स्वागत गरेको थियो।
समाजवादी पार्टीको भविष्य उज्ज्वल नरहेको र एमालेसंग छुटिएर बस्न नसकिने अवस्था रहेकोले एमालेलाई बलियो बनाउन पुरानै घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
एमाले जिल्ला कमिटीको बैठकले स्वागत गरेसंगै बैठकलाई सम्बोधन गर्दै अर्यालले बुझेर नबुझेर केही समय घर बाहिर भएको र एमाले छोडेर बाहिर बस्न नसकेको बताउनुभयो ।
समग्र धादिङको पार्टी निर्माणमा अर्यालको महत्त्वपूर्ण भूमिका रहेको छ । नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका अर्याल समाजवादीमा लागेर केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन आयोगको सदस्य समेत हुनुभएको थियो ।
घर फर्किएका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनी र नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले एमाले छाडेर अन्य दल पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रुपमा एमालेमा फर्कने क्रममा रहेको बताउनुभएको थियो ।
कृष्ण अर्याल नेकपा एमालेमा फर्किए पछी के भने ? हेर्नुहोस् भिडियो…
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |