

धादिङ । धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा रोहित भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै यही पौष २६ र २७ गते हुने उद्योग वाणिज्य संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
संघलाई ब्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको भन्दै व्यवसाय मैत्री नीतिहरुको वकालत, साझेदारी विकास र ब्यवसायिक जोखिमहरुलाई कम गर्दै नीजि क्षेत्रको स्थापित संस्थाको रुपमा नयाँ उचाइ दिन स्पष्ट कार्यदिशा सहित वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेको कार्यक्रममा भण्डारीले बताउनुभयो ।
भण्डारीले आफ्नो प्रतिबद्धताहरु समेत सार्वजनिक गर्नुभएको छ।
संघमा आफु करीब १४ वर्षदेखी प्रत्यक्ष संलग्नता, सहभागिता र योगदान रहेको भन्दै उहाँले धादिङ उद्योग वाणिज्य संघको प्रचलित विधान अनुसार हुने आगामी कार्यकालको नेतृत्वलाई कार्यसमितिको उच्च तहमा रही सहयोग गर्ने र त्यसपछिको अवधिमा संघको नेतृत्व गरी धादिङ उद्योग वाणिज्य संघलाई नीजि क्षेत्रको एक भरोसा योग्य, सक्षम र गतिशील संस्था बनाउन आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले उम्मेदवारी घोषणा गरेपनी प्यानल भने सार्वजनिक गर्नुभएको छैन ।
कार्यक्रममा नेकपा माओवादी निकट व्यवसायी र समर्थकहरुको उपस्थितिको आधारमा नेकपा माओवादी निकट देखिएपनि स्पष्ट खुलाइएको छैन ।
कार्यक्रममा गठबन्धन सरकारमा भएका नेकपा एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरुको उपस्थिती रहेको थिएन ।
भण्डारीले उम्मेदवारी घोषणा गरेको वरिष्ठ उपाध्यक्ष पदमा कांग्रेस एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको अन्य व्यवसायीहरुले बताएका छन् ।
तर कांग्रेस एमालेले उम्मेदवारको विषयमा कुनै प्रतिक्रिया दिइ सकेको छैन ।
हेर्नुहोस् भण्डारीको सार्वजनिक प्रतिबद्धता






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |