

धादिङ- नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलले सिद्धलेक गाउँपालिकाको विकासको लागि माओवादीलाई जिताउनुपर्ने बताउनुभएको छ ।
कांग्रेस र एमालेले पटक पटक नेतृत्व लिग्दा पनि विकासले गति नलिएको भन्दै जमकट्टेलले विकासको लागि अब २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनुभएको हो ।
शनिबार सिद्धलेकको माओवादी केन्द्र गाउँ कमिटिले बुङचुङ बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध जनदबाब दिनेगरि आयोजना गरेको खबरदारी सभासँगै गाउँ कमिटिको तेस्रो अधिवेशनको उद्घाटन तथा जनयुद्वमा धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्याय(दिपक)को २६ औ स्मृति सभामा जमकट्टेलले सो कुरा बताउनुभएको हो ।

माओवादी केन्द्रले सरकारको लापरबाही,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको बताउनुभयो ।
उहाँले सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न आग्रह गर्नुभयो ।

सभाअघि सडकमा ¥याली निकालिएको थियो ।
¥यालीमा साविकका ३ गाविस नलाङ, सलाङ र कुम्पुरका माओवादी केन्द्रका नेता, कार्यकर्ता सहभागी थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार झड्कार बुडा मगर, अविरल मगर, गिता सेन्चुरी, प्रदिप बराईली लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
गाउँ कमिटिको बन्द सत्र भने पुस २० गते फिसटारमा हुने भएको छ । बन्द सत्रले ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बुद्ध गुरुङले जानकारी दिनुभयो।
कार्यक्रमको भिडियो र तस्विर हेर्न तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |