

धादिङ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले धादिङको रुवीभ्यालीको रुवी र तामा खानीको संभाव्यता अध्ययन गरिने बताउनुभएको छ ।
आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले खानी विभागबाट विज्ञसहितको टोली ल्याएर उद्योग संचालनको समेत संभाव्यता अध्ययन गर्ने बताउनुभएको हो ।
उद्योग धन्दा संचालनको लागि धादिङ,सिन्धुली, र सिन्धुपाल्चोक लगायतका जिल्लाका खानीहरुमा खानी विभागको विज्ञहरु ल्याएर संभाव्यता अध्ययन गरी लगानी आव्हान गरेर उद्योग संचालनको प्रकृया अगाडि बढाउन आफु सकारात्मक ढंगबाट लागिरहेको बताउनुभयो ।
धेरै वर्षदेखि दर्ता भएर बसेको कम्पनीहरुको अवस्था बुझ्ने, ठाउँ मात्रै ओगटेर बसेका कम्पनीहरुलाई खारेज प्रक्रियामा लाने र विभिन्न बाधा अड्काउ फुकाएर नयाँ दर्ता प्रकृया सुरु गर्न समन्वय गर्ने पनि उद्योगमन्त्री तामाङले बताउनुभयो।
मन्त्री तामाङले धादिङ आएको बेला मालपोत, नापी, घरेलु उद्योग लगायतका कार्यलयको पनि निरिक्षण गर्नुभएको छ।
निरिक्षणको क्रममा मालपोत कार्यालयमा श्रेस्ताहरु अस्तव्यस्त देखिएकोले सुधार गर्न निर्देशन दिनुभएको छ।
उहाँले छिटो छरितो ढंगबाट विना झन्झट सेवा दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको र सुधार नगरे कानुनी कारबाही अगाडि बढाउने बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |