

धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित हुनुभएको छ।
बिहिबार गल्छी-८ छाँगेश्वरमा सम्पन्न दोस्रो गाउँ सम्मेलनबाट याकुब विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
सम्मेलनले उपाध्यक्षमा हिरामायाँ रम्तेल, सचिवमा गाइने परियार, सहसचिवमा कृष्ण रोक्का, विष्णुमायाँ रोक्कालाई निर्वाचित गरेको छ ।
यसैगरि सदस्यहरुमा नारायण विक, गणेश परियार, श्यामबहादुर बराइली, रणबहादुर बिसुन्खे, पविन गैरे, बच्चुराम सार्की, रबि सुनार, विष्णु रम्तेल, गोपाल बयलकोटी, रामबहादुर गैरे, शोभा रम्तेल, जानकी विक, सन्तोष परियार रहनुभएको गल्छीबाट रामबहादुर कालीकोटेले जानकारी दिनुभयो ।
सम्मेलनको नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय इन्चार्ज तथा नेकपा एमाले पोलिटब्युरो सदस्य जतु गौतमको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
अधिवेशनमा एमालेका केन्द्रिय सल्लाहाकार परिषद् सदस्य जगन्नाथ नेपाल, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, संगठनका बागमती प्रदेश अध्यक्ष नवीन घतानी, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु नरेश खतिवडा, राधा तिमल्सीना, राजु रेग्मी, ध्रुवराज विश्वकर्मा, मुक्ति समाजको केन्द्रीय सदस्य तथा धादिङका ईन्चार्ज एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिल बहादुर रम्तेल लगायतले शुभकामना दिँदै जातिय आधारमा हुने सबै प्रकारका विभेद अन्त्यका लागि लाग्नु पर्ने बताउनुभएको कालीकोटेले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |