

धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएको छ।
शनिबार धादिङबेशीमा भएको प्रेस चौतारी धादिङको २६ औँ साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा रिताकुमारी सारु (चिनो), अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य निर्वाचित हुनुभएको छ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु (चिनो), सुदिप अधिकारी र बिरमान तामाङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्री हजुर सिल्वाल र नानु कार्कीलाई चयन गरेको छ।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् इन्चार्ज खेम लोहनीले पार्टीले प्राप्त गरेको हरेक उपलब्धिमा प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
पार्टीले गरेका कामहरुको प्रचारप्रसारमा पत्रकार तथा संचारमाध्यमले ठूलो भूमिका खेल्दै आएको भन्दै उहाँले प्रेस चौतारीसँग अझै थप सहकार्य हुने बताउनुभएको छ।

कार्यक्रममा प्रेस चौतारीका नेता विष्णुमणी सुवेदी, प्रेस चौतारी नेपालका केन्द्रीय समितिका उपाध्यक्षद्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, सदस्य शालिग्राम नेपाल, धर्मन्द्र दाहाल लगायतले प्रेस चौतारीलाई थप उचाईमा पुर्याउन र पार्टीको एजेण्डा र लक्ष्य सफल बनाउने काममा प्रेस चौतारीले थप अब्बल भूमिका खेल्ने बताउनुभएको थियो।
कार्यक्रमकै अवसरमा प्रेस चौतारी सक्रिय पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।धादिङको धार्केमा रहेको कृषी रेडियोमा कार्यरत उपेन्द्र अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ धादिङको कार्य समिति तथा प्रदेश र केन्द्रमा निर्वाचित हरुलाई पनि सम्मान गरिएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |