

धादिङ । रिटर्नी फेडेरेशन नेपाल धादिङको अध्यक्षमा सुदर्शन कँडेल चयन हुनुभएको छ।
धादिङबेसीमा शनिबार भएको सम्पन्न रिटर्नी फेडेरेशन धादिङको दोश्रो जिल्ला अधिवेशनले कँडेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अकिल तिमल्सीना, जगतमान कुमाल, सचिवमा राममायाँ श्रेष्ठ, उपसचिवमा सुब्बा जम्कट्टेल, कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भरत पौडेल, ज्ञानबहादुर माझी, रामबहादुर गैरे, दिपक लामीछाने, शिव खत्री, गणेशकुमार श्रेष्ठ, रामजी इटनी, जितेन्द्र थपलिया, मोहनबहादुर मल्ल, गोरे मल्ल, गोपाल तामाङ र अर्जुन इटनी चयन हुनुभएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमाले केद्रीय सदस्य खेम लोहनी, रिटर्नी फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले विदेशको सिप र दक्षतालाई नेपालमा सदुपयोग गरि मुलुकलाई समृद्ध बनाउन रिटर्नीले ठूलो भूमिका खेल्ने बताउनुभएको थियो ।
रिटर्नी फेडेरेशन विदेशमा श्रमस्वीकृति लिएर काम गरि नेपाल फर्केका एमाले कार्यकर्ताहरुको संगठन हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |