

धादिङ । नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको अध्यक्षमा सुजन श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार धादिङबेसीमा भएको नेपाली कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण प्रसाद लम्साल, लक्ष्मी नहर्की, जीवन लामा तामाङ, सचिवमा बिष्णु प्रसाद अर्याल, सह सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा काशीराज रेग्मी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा बुद्धि बहादुर बि.क, शालिक राम लम्साल, सुवास खतिवडा, विष्णु भट्ट, पार्वती ढकाल सापकोटा, रोशन आले मगर, हरि बहादुर सुनार, मधु धमला क्षेत्री, खेम प्रसाद तिवारी, गोकर्ण बहादुर तिम्सिना र मनिषा तिवारी चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रिय प्रतिनिधि राममणी मिश्र, प्रकाश सापकोटा, मिश्रा सिलवाल, कृष्ण कुमार श्रेष्ठ र प्रदेश प्रतिनिधिमा निरबहादुर आले मगर, शुष्मा गुरुङ,ऋषि राज पोखरेल,लोक बिक्रम साह लाई छनौट गरेको छ ।
निवर्तमान अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति तथा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो।
कार्यक्रममा गंगाजमुना गाउँपालिकाको अध्यक्ष भक्त लामा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, केन्द्रीय महासचिव जनक रावल,उपमहासचिव गणेश भन्डारी, सचिव भुपेन्द्र अधिकारी , नेपाली काँग्रेस जिल्ला सचिव विकास श्रेष्ठ , केन्द्रीय सदस्यहरु दिपेन्द्र गिरी, ग्यानेन्द्र भट्ट, बिनोद अधिकारी, नगर पालिका सङ्घको सल्लाहार सरोज अधिकारी, महिला सङ्घको अध्यक्ष अम्विका अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका निबर्तमान केन्द्रीय सदस्य कृष्ण बद्री पौडेल, बालकृष्ण नेपाली, पूर्बअध्यक्ष राममणि मिश्र लगाएतको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |