

धादिङ । नेकपा एमाले धादिङको पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ।
धादिङबेसीस्थित हाल रहेको मदन आश्रित स्मृती भवन परिसरमा आइतबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले एक समारोह बीच भवनको शिलान्यास गर्नुभएको हो ।
२०७२ सालको भुकम्पको असरले अहिले भइरहेको मदन आश्रित स्मृति भवनमा तला थप्न नमिल्ने भएपछि नेकपा एमाले धादिङले नयाँ भवन बनाउन सुरु गरेको हो ।
भवन शिलान्यास पछी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले धादिङ जिल्लाको विकास र समृद्धिको लागि आफु र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

नेकपा एमालेमा युवा नेताका रुपले परिचित मास्केले धादिङको जनप्रतिनिधिहरुको तर्फबाट आफैले नेतृत्व लिए सरह हुनेगरी जिल्लाको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यो पटक धादिङमा नेकपा एमालेको तर्फबाट विजयी जनप्रतिनिधि थोरै भएको तर धेरैको माग पुरा गर्न नसकिरहेको बताउनुभयो ।
धादिङका सम्पूर्ण काममा आफै जिम्मेवारी लिएर काम गर्ने भन्दै उहाँले मन्त्रालय र आफ्नो तर्फबाट प्रदेशका सबै जिल्लाहरुमा आम जनताले देखिने गरी काम गर्ने बताउनुभयो ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीका अनुसार शिलान्यास गरिएको भवनको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय नुवाकोटमार्फत ठेक्का आव्हान गरी एक करोड २५ लाखमा निर्माण थालिएको हो ।

भवनको नुवाकोटको गढी चुली निर्माण सेवा कम्पनीले आगामी असार मसान्तभित्र सक्नेगरी निर्माणको जिम्मेवारी पाएको छ ।
अहिले निर्माण सुरु गरेको भवन तीन तलाको हुने र सुविधासम्पन्न सभाहल समेत रहने एमाले धादिङका सचिव राधिका सापकोटाले बताउनुभयो ।
नेकपा एमाले धादिङको पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै मन्त्री मास्के





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |