धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सुरु गरेको छ।
बुधबार मदन आश्रित भवन धादिङबेसीमा बसेको छैटौं बैठकले आगामी चैत मसान्तसम्म ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं धादिङ इन्चार्ज खेमप्रसाद लोहनीले आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै वडाकेन्द्रित अभियानमा जुटेको बताउनुभयो।
केन्द्रिय कमिटिको निर्णय अनुसार नेकपा एमाले धादिङले संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियान सुरु गरेको उहाँको भनाई छ ।
‘जरा अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघाट गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल हुनेछ,’ लोहनीले भन्नुभयो–‘हाम्रा पालामा भएका कामहरुको प्रचार गर्दै एमालेमाथी हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्नेछ ।’
एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले बताउनुभयो ।
वडा केन्द्रित अभियान अन्तर्गत तीन महिनासम्म संचालन हुने जरा अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिनेछन् । संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने त्रिपाठीले बताउनुभयो ।
‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यवसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ जिल्ला कमिटि धादिङका अध्यक्ष त्रिपाठीले भन्नुभयो– ‘जरा अभियानमा एमालेले नेतृत्व गरिरहेका र यसअघि नेतृत्वमा हुँदा गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ ।’
स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र संगठित सदस्य नवीकरण, जनसंगठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिने लगायत कार्यक्रम गरिने एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाले बताउनुभयो ।
तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालन गरिने सापकोटाको भनाई छ । ‘अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ सापकोटाले भन्नुभयो ।
बागमती प्रदेश कमिटि सचिव नवराज सिलवालले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिनुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |