

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बैज्ञानिकको विदेश पलायन रोक्नु पर्ने वताउनुभएको छ।
ललितपुरमा आईतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समुह वैठकलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने बैज्ञानिकहरुको विदेश पलायन हुने अवस्था नरोकिएको र नेपालमै काम लाग्ने बैज्ञानिकहरुलाई स्वदेशमै रहन सक्ने वातावरण वनाउन जरुरी रहेको बताउनुभएको हो ।
बैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले नार्कमा धेरै वर्ष देखि नसुल्झेको जटिलताहरु सुिल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको वताउनुभयो ।
मन्त्री अधिकारीले बैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको पनि उल्लेख गर्नुभयो ।
कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक वनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरि नतिजा निकाल्नु पर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिनुभयो।
कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने वालीका जातहरु पनि सोही अनुकुलको हुनु पर्नेमा जोड दिनुभयो ।
कृषि उपजको आयातलाई कम गर्न छिमेकी देशहरुले कृषिमा गरेको प्रगतीवाट हामीले पनि सिक्न जरुरी छ मन्त्री अधिकारीले,भन्नुभयो कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको र सवैको सामुहिक प्रयासले मात्रै आयात कम गरि निर्यातको वाटो तर्फ लाग्न सकिने वताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |