

धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल धादिङले जिल्ला कमिटीमा रिक्त रहेको कोषाध्यक्ष पदमा प्रदिप सिंखडालाई मनोनित गरेको छ ।
शनिबार धादिङबेसीमा राष्ट्रिय युवा संघ नेपाल धादिङको सचिवालय बैठक संघका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज कमल सिलवालको प्रमुख आतिथ्यतामा बसेको बैठकले सिंखडालाई कोषाध्यक्षमा मनोनित गरेको राष्ट्रिय युवासंघ धादिङका उपाध्यक्षमा किरण पाठकले जानकारी दिनुभयो ।
बैठकले फागुन ११ गते देखि १९ गते सम्म हुने केपि ओलि कप फुटबल प्रतियोगिता सफल पार्न जिल्लाको प्रत्येक पालिकाबाट ५० जना युवाहरू उपस्थिति गराउने,चैत मसान्त भित्र १३ वटै पालिकामा राष्ट्रिय युवा संघ नेपालको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको उपाध्यक्षमा पाठकले जानकारी दिनुभयो ।
२०८१ भाद्र २५ गते सुनिल तामाङको अध्यक्षतामा नवौं जिल्ला अधिवेशनले राष्ट्रिय युवा संघ धादिङको ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |