

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ मा रहेको नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापतिमा अभिषेक थपलिया निर्विरोध चयन हुनुभएको छ।
स्ववियु निर्वाचनका प्रक्रियाहरु अघि बढ्ने क्रममा क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुले सहकार्य गर्ने गरी अखिल (क्रान्तिकारी) का पक्षबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो।
अखिल (क्रान्तिकारी) ले सभापति र ३ सदस्य, नेपाल विद्यार्थी संघले १ उप सभापति, १ सहसचिव र १ सदस्य साथै अनेरास्ववियुले १ सचिव, १ कोषाध्यक्ष र २ सदस्य लिने सहमति भएको छ।
अखिल (क्रान्तिकारी) ले सभापतिमा थपलिया र सदस्यमा सविना ढकाल, आकृति सापकोटा र मैना सिटौलालाई चयन गरेको छ।
त्यस्तै नेपाल विद्यार्थी संघले उप–सभापतिमा सुलोचना खड्का, सह–सचिवमा सरिता गुभाजु र सदस्यमा खिल कुमारी इटनीलाई चयन गरेको छ।
त्यसैगरि अनेरास्ववियूले सचिवमा विनोद गौली, कोषाध्यक्षमा सविना अधिकारी, सदस्यहरूमा अनिसा अधिकारी र अस्मिता पाण्डेलाई चयन गरेको छ।
देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |