

धादिङ । नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो।
राजतन्त्र फर्काउने नाममा केही अराजक तत्व फेरि सल्बलाउन थालेको भन्दै उहाँले ठुला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्रले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो ।
बिहीवार धादिङको गजुरी र बेनिघाटमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले सो कुरा बताउनुभएको हो ।
अहिलेको समयमा ‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्ने सोच्नु मूर्खता भएको भन्दै डा.भट्टराईले यस्ता अराजक प्रवृत्तिको प्रतिकार गर्नुपर्ने बताउनुभयो। लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै नसक्ने भनाई थियो।
सिद्धलेक गाउँपालिका-७ मा नेकपा एमालेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै नेता भट्टराइले एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई घेराबन्दीमा पार्न खोजिरहेको बताउनुभयो।
हरेक संकटमा देशलाई बचाउने नेकपा एमाले भएकोले एमालेलाई गिराउन खोजिएको बताउनुभयो।
‘एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई गिराउन खोजिएको छ । घेराबन्दीमा राखिएको छ । तर एमाले इमान्दार भएर कति पनि विचलित नभई अघि बढी रहेको छ’ उहाँले भन्नुभयो, अन्य शक्ति एमाले कार्यकर्ता भाड्न लागि परेका छन् । तर नेकपा एमालेले अराजक तत्वहरुको सामना गर्दै देश र जनताले गरेको विश्वास मर्न दिने छैन । देशको हित, विकास र संकट समाधानमा सधै नेकपा एमाले अग्रणी स्थानमा रहिरहनेछ ।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |