

काठमाडौंं। काठमाडौमा तेस्रो विमस्टेक कृषि मन्त्री स्तरीय वैठक सम्पन्न भएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले संयुक्त वक्तव्य जारी गरेको छ।
मन्त्रीस्तरिय वैठकमा ३ देशका मन्त्रीहरुको सहभागीता रहेको थियो ।बैठकमा बाँकी ४ सदस्य रास्ट्रका मन्त्री तथा प्रतिनिधिहरु भर्चुअल रुपमा सहभागी हुनुभएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरुलाई स्वागत गर्नु हुँदै कृषि क्षेत्रको विकासका लागि विम्स्टेक रास्ट्रहरुको सहकार्यमा जोड दिनु भयो ।
जल वायु परिवर्तन, विषादीको बढदो प्रयोगले विम्स्टेक अन्तरगतका रास्ट्रहरुमा चुनौती थपेको उल्लेख गर्दैमन्त्री अधिकारीले यस्को सामना गर्न सदस्य रास्ट्र विचको सहकार्य आवश्यक रहेको वताउनुभयो ।
भारतका कृषिमन्त्री शिवराज चौहानले विमस्टेक रास्ट्रहरुमा कृषि , पशुपन्छी , तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य रास्ट्र विचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिनुभयो।
यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय वैठकले यसलाई अनुमोदन गरेको हो।
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान विच दिपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिनुभयो । भारतिय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै गरि भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ ।कृषिमन्त्री अधिकारीले भुटान र नेपाल विच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने वताउनुभयो।
भुटानका मन्त्रीले दुई देशका प्रयासहरु समान र साझा रहेकाले नेपाल र भुटान विच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।
भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्चअधिकारीको सहभागीता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |