

धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा हरिबहादुर सिलवाल चयन हुनुभएको छ ।
एमाले निकट संगठनको १४ औँ जिल्ला अधिवेशनले सिद्धलेक गाउँपालिका २ नलाङ ठाँटीमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सिलवालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बैकुण्ठ रिमाल र पम्फा मगराती, सचिवमा राजन अर्याल, सहसचिवमा देवकी दुवाडी, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ र सहकोषाध्यक्षमा अञ्जु थपलिया चयन हुनुभएको छ ।

अधिवेशनले ठानप्रसाद बसौला, रामबहादुर खतिवडा, बलराम इटनी, र अर्जुन आचार्यलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ भने ११ जना प्रदेश प्रतिनिधि चयन गरेको छ ।
यसैगरी इश्वर पन्तको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |