

अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्दैछन्। यस संस्करणको विश्वकपको यो दोस्रो दिनको तेस्रो खेल हो।खेल नेपाली समयअनुसार आज बिहान ९:४५ मा सुरु हुनेछ। दुई पटक एकदिवसीय र दुई पटक टी ट्वेन्टी विश्वकप विजेता टोली वेस्ट इण्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ।
टेस्ट राष्ट्रमध्ये वरीयतामा पुछारमा रहेका कारण वेस्ट इण्डिजले क्वालिफायर राउण्ड खेल्नुपरेको हो। क्वालिफायर अथवा समूह चरणको खेलबाट उत्कृष्ट दुई टोली सुपर १२ मा पुग्नेछन्।
आजै जिम्बावे र आयरल्याण्ड पनि भिड्दैछन्। यो विश्वकपको चौथो खेल आज दिउँसो १:४५ बाट सुरु हुनेछ।यसअघि हिजो भएको श्रीलङ्का र नामिबियाबीचको खेलमा नामिबिया ५५ रनले विजयी भयो। यस्तै यूएई र नेदरल्याण्डसबीचको खेलमा नेदरल्याण्डस ३ विकेटले विजयी भयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |