टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ।
आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् ।
सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् । खेल होबार्टमा बिहान पौने १० बजे सुरु हुनेछ ।
हिजो भएको सुपर १२ का खेलमा इङ्ग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले र न्युजिल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेका छन् । सुपर १२ को समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड, अफगानिस्तान, श्रीलङ्का र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बङ्लादेश, नेदरल्यान्ड र जिम्बाबे छन् । हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |