फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदानमा मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।
पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले २ गोल र २ असिस्ट प्रदान गरे । एमबाप्पेले २ गोल गर्दा कार्लोस सोलेर र नेयमारको नाममा १-१ गोल रह्यो । एक गोल भने आत्मघाती रहेको थियो ।
खेलको १९ औं मिनेटमा मेस्सीले पिएसजीलाई अग्रता दिलाए । उनले एमबाप्पेको पासलाई ६ यार्ड बक्सनजिक नियन्त्रणमा लिँदै आउटसाइड फुटले गरेको प्रहार गोलमा परिणत भएको थियो । ३२ औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रभित्र मक्काबी हाइफाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सुन्दर फिनिस गरे ।
३५ औं मिनेटमा नेयमारले गोल गरे । उनले लिओनेल मेस्सीको पासलाई गोलरक्षक अघि बढ्दै गरेको अवस्थामा पेनाल्टी क्षेत्र नजिकबाट गोलमा परिणत गरे । ३८ औं मिनेटमा अब्दुलाए सेकले पाहुना टोलीका लागि गोल फर्काए ।
मेस्सीले पहिलो हाफको अन्तिम मिनेटमा पुन: गोल गरे । एमबाप्पेसँग लगातार वन टु पास खेल्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको अन्तिम प्रहार विपक्षी गोलरक्षकले रोक्ने कुनै अवसर पाएनन् ।
दोस्रो हाफको ५१ औं मिनेटमा सेकले हाइफाका लागि दोस्रो गोल गरे । पिएसजीको डिफेन्सले क्लियर गर्न नसकेको बललाई सेकले फितलो हेडरमार्फत गोल गरेका थिए । ६४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपे । अक्रफ हाकिमीको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण लिएका एमबाप्पेले दोस्रो टचमा सुन्दर फिनिस गरे ।
६७ औं मिनेटमा पिएसजीले छैटौं गोल गर्यो । नेयमारको कटब्याकलाई सन गोल्डबर्गले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो । ८४ औं मिनेटमा कार्लोस सोलेरले मेस्सीको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ७-२ को अग्रता दिलाए ।
यस नतिजासँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्टस र हाइफाको ३-३ अंक रहेको छ ।-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |