टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।
मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।
हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो ।अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।
हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |