आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् ।
त्यस्तै दोस्रो खेलमा दिउँसो पौने दुई बजे घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुनेछ । आजका दुई वटै खेल मेलवर्नमा हुनेछन् ।
हिजो भएको खेलमा पाकिस्तान जिम्बाबेसँग १ रनले पराजित भयो । भारतले नेदरल्यान्डलाई ५६ रनले हराएको थियो भने दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड २ खेलमा ३ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का, इङ्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारकासाथ २/२ अङ्क जोडेका छन् । नेटरनरेटको कारण श्रीलङ्का दोस्रो, इङ्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा छन् ।
अफगानिस्तान २ खेलमा १ अङ्ककासाथ पुछारमा छ । सुपर १२ को समूह ‘२’ मा भारत २ खेलमा ४ अङ्ककासाथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्ककासाथ दोस्रो स्थानमा छ।
जिम्बाबे दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन अङ्ककासाथ तेस्रो स्थानमा छ । बङ्लादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |