इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो।
खेलको पाँचौं मिनेटमा गाब्रिएल मार्टिनेल्लीको गोलमा अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको ४९ र ५२ औं मिनेटमा रेइस नेल्सनले गोल थप्दै आर्सनललाई सहज जिततर्फ डोहोर्याए। त्यस्तै थोमस पार्टेले ५७ औं मिनेटमा गोल थप्दा मार्टिन ओडेगार्डले ७८ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै १२ खेलबाट ३१ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा २९ अंक जोडेको म्यानचेस्टर सिटी र तेस्रो स्थानमा २६ अंक जोडेको टोटेनहम हट्सपर छन्। ९ अंक जोडेको नटिङ्घम फरेस्ट भने तालिकाको पुछारमा छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |