

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित जलेश्वरी माविमा खेलकुद प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
जलेश्वरी खेलकुद बिभागको आयोजना तथा सिद्धलेक गाउँपालिकाको वडा नं ४ को प्रायोजनमा सञ्चालित पाँच दिने खेलकुद प्रशिक्षण कार्यशाला सोमबार सम्पन्न भएको हो ।
विभिन्न तिन खेलको प्रशिक्षण कार्यशालाबाट ६६ जना खेलाडीहरु प्रशिक्षित भएका छन् ।
कबड्डी, एथलेटिक्स र भलिबलका प्रशिक्षण तालिम समावेश कार्यशालामा सिद्धलेक ४ को तिन वटा मावि क्रमशः जलेश्वरी, पञ्चमुखी र कालिदेवी माविका खेलाडीहरु सहभागी थिए ।
कबड्डी तथा एथलेटिक्स तर्फका खेलाडीहरुलाई बिनोद थापा मगरले प्रशिक्षण गर्नुभएको थियो भने भलिबल तर्फका खेलाडीहरुलाइ सोमबहादुर श्रेष्ठ, दिलिप थापा मगर र ठम बहादुर थापा (सन्दीप) ले प्रशिक्षण गर्नुभएको जलेश्वरी माविका शिक्षक सुरेश अर्यालले जानकारी दिनुभयो ।
सहभागी खेलाडीहरुलाई सोमबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |