

धादिङ ।नीलकण्ठ नगरपालिकाले ८ औं दक्षिण एशियाली (साफ) कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता दुई जना खेलाडीलाई सम्मान गरेको छ ।
आईतबार धादिङबेशीमा एक कार्यक्रमकाविच उक्त प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक दिलाउन सफल धादिङ नीलकण्ठ नगरपालिका–५ की समिक्षा ढुंगाना र नीलकण्ठ– १३ की एरिका गुरुङलाई सम्मान गरिएको हो ।
नगरपालिकाले खेलाडीद्धयलाई नगद ५० हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

एरिका गुरुङ भने क्लोज क्याम्पमा रहेका कारण उपस्थिति हुन नसकेपछि परिवारले सम्मान ग्रहण गरेका थिए ।
सम्मान ग्रहण गर्दै समिक्षा ढुंगानाले नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताउनुभयो ।
‘परिवार, साथी संगी र गुरुहरु लगायत सबैको साथ सहयोगले मिलेको यो सफलताको खुशी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नगर प्रमुख भिमप्रसाद ढुंगानाले देशको शिर उचो बनाएका दुवै खेलाडीलाई थप प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो ।
खेलाडीहरुको व्यक्तिगत प्रयासले देश विदेशमा नेपालको नाम उच्च भन्दै खेलाडीको हौसला र प्रोत्साहन स्वरुप यो सम्मान गरिएको नगर प्रमुख ढुंगानाले बताउनुभयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ ।
खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक रहेको भन्दै विश्वकर्माले अझै धेरै काम गर्न बाँकी रहेको र विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नीलकण्ठलाई अब्बल बनाउदै जाने बताउनुभयो ।
सम्मान कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले खेलाडी सम्मान कार्यक्रमले खेल क्षेत्रमा उदाउदै गरेका खेलाडीहरुलाई प्रोत्साहन मिलेको बताउनुभुयो ।
भुटानमा गत २० जुलाईमा भएको प्रतियोगितामा एरीकाले ६८ के.जी समूहबाट स्वर्ण जितेकी थिईन भने २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा ६८ केजी तौल समुहमा एरिकाले स्वर्ण पदक दिलाउनुभएको थियो ।
समिक्षा हाल इचगु कराते डोजो काठमाडौंबाट नियमित कराँते खेल्दै आउनु भएको छ भने एरिका गुरुङ नेपाल प्रहरीमा आवद्ध हुनुहुन्छ ।
हेर्नुहोस् भिडियो………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |