

नेपालले श्रीलंकासँग एकदिवसीय शृंखला खेल्ने भएको छ।
विश्वकप छनोटअन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप लिग–२ को तयारीका लागि नेपालले श्रीलंका भ्रमण गर्ने र एकदिवसीय शृंखलामा घरेलु टोली श्रीलंका डेभलभमेन्ट टिमसँग ३ एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
श्रीलंका भ्रमणका क्रममा नेपालले स्थानीय क्लबसँग ३ ओटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ।
क्यानले श्रीलंका भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप श्रीलंका क्याम्पका लागि क्यानले १९ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कप्तान रोहित पौडेलसँगै, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा,ललितनारायण राजवंशी टोलीमा आसिफ सेख, आरिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, अर्जुन साउद, रिजन ढकाल, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन्। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |