

काठमाडौं । एलिसन स्पोर्टस् प्रा.लिको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल फिभर हुने भएको छ ।
चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा असोज १७ र १८ गते फुटसल फिभर–२०८१ हुने भएको हो ।
बडा दशैंको अवसर पारेर प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागिएको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।
यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले जनही नगद २ हजार ५ सय ५५ रुपैयाँ रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्ने निर्देशक एलिना मगरले जानकारी दिनुभयो।
फिभरमा ३२ टिम सहभागी हुने अपेक्षा राखेको र टिम दर्ता शुल्क ६ हजार ५ सय ५५ रुपैयाँ तोकिएको निर्देशक मगरले बताउनुभयो ।
पछिल्लो समय देशमा फुटसलको चासो बढ्दै गएको र युवापुस्तामा अझ यसको लगाव बढिरहेकाले स्पोर्टस्ले फुटसलको आयोजना गरेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताउनुभयो ।
आगामी दिनमा खेलाडी तथा युवाहरुलाई खेलकुदमा जागरुक गराउन एलिसन स्पोर्टस्ले विभिन्न खेल प्रतियोगिताको आयोजना गर्ने पनि बताउनुभएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |