

धादिङ । धादिङमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् ।
बुधबार राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएका हुन्।
निजामती सेवा दिवसको अवसरमा धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको हो ।
आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
यो फुटसल खेलले राष्ट्रसेवक हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।
पत्रकारहरुसँगको सम्बन्ध अझै प्रगाढ बनाउन समन्वय गरेर विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । गत वर्षहरुमा पनि निजामती कर्मचारी दिवसकै अवसरमा मैत्रीपूर्ण फुटबल खेल खेलेका थियौं’ उहाँले भन्नुभयो, ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं । पत्रकार मित्र र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’
व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने मूल मर्मका साथ २०८१ मनाइरहेको छ ।
भदौ १७ र १८ गते राष्ट्रसेवक कर्मचारीविच व्याडमिन्टन प्रतियोगिता, १८ गते राष्ट्रसेवक महिला कर्मचारीविच फुटसल प्रतियोगता, १९ गते राष्ट्रसेवक कर्मचारी र पत्रकारविच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भइ सकेको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
त्यस्तै, भदौ २० गते वृक्षारोपण कार्यक्रम र २२ गते आमाको माया छात्रावासलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
भिडियो….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |