

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा आजदेखी धादिङ जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।
हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा अरुणोदय युवा क्लवको आयोजनामा आदमटारमा आजदेखि जिल्ला स्तरीय कबड्डी प्रतियोगिता (अरुणोदय कबड्डी कप-२०८१) सँगै तीज बिशेष सांस्कृतिक कार्यक्रम हुंदैछ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,ट्रफि, मेडल,प्रमाणपत्र र उपबिजेताले टिमले नगद १५ हजार ट्रफि, मेडल, प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा जिल्लाका बिभिन्न ९ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
यस्तै भोलि २१ गते तीजको दिन साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुका साथै गायिका अस्मिता रसाईली, हाँस्य व्यंग्य कलाकार सुदिप खतिवडा र गायक अमन एकलको बिषेश प्रस्तुति रहने वताईएको छ ।
२२ गते सम्म संचालन हुने प्रतियोगिता आदमटार स्थित सत्यवती माविको प्राङ्गणमा हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |